बीमा प्राधिकरणबाट पोखरेलले दिइन् राजीनामा

काठमाडौं । नेपाल बीमा प्राधिकरणकी सञ्चालक सदस्य राधा कुमारी पोखरेलले राजीनामा दिएकी छन्। स्वास्थ्य समस्याका कारण सक्रिय भूमिका निर्वाह गर्न नसक्ने भन्दै उनले सोमबार राजीनामा दिएको पुष्टि गरेकी हुन्।

पोखरेलले बोर्डको बैठकमा समेत सहभागी हुन नसकेको भन्दै राजीनामा दिएकी हुन्। उनकाे राजीनामा स्वीकृत भइसकेको छ।

पोखरेललाई गत चैत १ गतेदेखि चार वर्षका लागि महिला सञ्चालकमा अर्थमन्त्री स्तरीय निर्णय अनुसार नियुक्त गरिएको थियो ।

पोखरेलले सरकारले नियुक्त गरेको पाँच महिनापछि प्राधिकरणबाट राजीनामा दिएकी हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *