काठमाडौं । इनड्राइभले राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँगको सहकार्यमा बाढी र पहिरोबाट विस्थापित पाँच परिवारलाई नयाँ घर हस्तान्तरण गरेको छ ।
स्थानीय समुदायसँगको परामर्शमा बाँस र माटो प्रयोग गरी निर्माण गरिएका यी घरहरू दिगो र वातावरणमैत्री रहेको बताइएको छ ।
इनड्राइभले घरसँगै प्रभावित परिवारलाई आवश्यक सामग्रीसमेत वितरण गरेको छ । इनड्राइभले यो पहल आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदाय-केन्द्रित, समावेशी र दीर्घकालीन समाधानप्रति प्रतिबद्धता भएको बताएको छ ।
Artha Sanjal







