काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब रूपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ।
कम्पनीले वैदेशिक रोजगार बीमालेख, म्यादी र लघु बीमालेखका साथै सावधिक प्रकृतिका बीमालेखको बिक्रीबाट यो बीमाशुल्क रकम संकलन गरेको हो।आर्थिक वर्ष २०८०।८१ को तुलनामा कम्पनीको प्रथम बीमाशुल्क आम्दानी १८ प्रतिशतले बढेको छ । कम्पनीले आव २०८०/८१ मा ५ अर्ब ५ करोड रूपैयाँ प्रथम बीमाशुल्क आम्दानी गरेको थियो ।
आव २०८०/८१ को तुलनामा आव २०८१।८२ मा प्रथम बीमाशुल्क आम्दानी ३०.३४ प्रतिशतले बढेको छ भने कुल बीमाशुल्क आम्दानी २१.९० प्रतिशतले बढेको छ ।
Artha Sanjal







