काठमाडौं । शेयर बजारमा आज सामान्य अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ को विन्दुमा बन्द भएको छ ।
आज ३१६ कम्पनीको शेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ । आज १०५ कम्पनकिो शेयर मूल्य बढेको छ भने १४४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९८ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ६४ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिन्स्योरेन्सको ५६ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र सान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । ट्रेड टावरका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । शिभश्री हाइड्रोका लगानीकर्ताले पनि ९.९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै समृद्धि फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.८८ प्रतिशतका दरले गुमाएका हुन् ।







