काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरु पदाधिकारी हेरफेरको अद्यावधिक नभएकोप्रति ध्यानाकर्षण गराउन निर्वाचन आयोग पुगेका छन् ।
महामन्त्री कविन्द्र बुर्लाकोटीसहित कानुन विभागका नेताहरु आइतबार कान्तिपथस्थित निर्वाचन कार्यालय पुगेका हुन् । रास्वपाका नेताहरुले निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर छलफल गरेका छन् ।
भेटपछि महामन्त्री बुर्लाकोटीले निर्वाचन आयोगले पदाधिकारी हेरफेरमा विलम्ब गरेको बुझ्न आएको जानकारी गराए ।
Artha Sanjal







