काठमाडाैं। साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ८ अंक बढेको छ। सो सेसनमा ७.७५ अंक बढेर २८७८.३८ विन्दुमा पुगेको छ।
आइतबार प्रि ओपन सेसनमा ९३ स्टकको २५४ पटककाे काराेबारमा ८ करोड ६२ लाख १२ हजार २९३ रुपैयाँ ९० पैसाबराबरको १ लाख ६८ हजार ३७९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६१ स्टकको मूल्य बढेको छ भने ३० स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
Artha Sanjal







