आज पनि बढ्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको भाउ तोलामा १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै चाँदी २ हजार २८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा २ हजार २८० रुपैयाँमा किनबेच भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *