समृद्धि र पोखरा फाइनान्सबीच मर्जर सम्झौता, स्वाप रेसियो कति ?

काठमाडाैं । पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको छ । यी दुई कम्पनीबीच पोखरामा साउन ४ गते मर्जरको लागि सम्झौता भएको हो।

यी कम्पनीहरु १ः१ स्वाप अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपश्चात कायम हुने कम्पनीको नाम पोखरा फाइनान्स रहने गरी मर्जर सम्झौता भएको छ । यस्तै मर्जपश्चात बन्ने कम्पनीको केन्द्रीय कार्यालय पोखरामा रहने जनाइएको छ ।

कम्पनीहरुबीच हाल समृद्धि फाइनान्सका अध्यक्ष मर्जर पछि बन्ने कम्पनीको अध्यक्ष रहने सहमति समेत बनेको छ । त्यस्तै, डीडीए प्रतिवेदनमा १० प्रतिशतभन्दा फरक भएमा प्राप्त निवेदनउपर संयुक्त मर्जर समितिमा विस्तृत रुपमा छलफल गरी दुवै संस्थाको शेयर स्वाप रेसियो कायम गरिने सहमति भएको छ।

मर्जरपछि गठन हुने सञ्चालक समितिमा समृद्धि फाइनान्सका तर्फबाट संस्थापक समूहबाट २ जना, सर्वसाधारण समूहबाट १ जना र स्वतन्त्र सञ्चालक गरी २ जना सदस्य हुनेछन्। पोखरा फाइनान्सका तर्फबाट भने संस्थापक समूहबाट १ जना, सर्वसाधारण समूहबाट २ जना गरी ३ जना सदस्य हुनेछन्।

नेपाल राष्ट्र बैंकले स्थलगत निरिक्षणका क्रममा पोखरा फाइनान्सलाई समस्याउन्मुख रहेको जनाएको थियो । राष्ट्र बैंकले कम्पनीलाई कारबाही गर्दै सञ्चालन समितिलाई सचेत समेत गराएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *