गार्डियन माइक्रो लाइफको १ लाखबढी कित्ता शेयरको लकइन अवधि आज सकिँदै

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि आज सकिँदै छ।

सामूहिक लगानी कोषलाई छुट्याइएको गार्डियन माइक्रो लाइफको १ लाख १२ हजार ५०० कित्ता शेयरको लकइन अवधि आजसम्म रहेको कम्पनीको शेयर रजिस्ट्रार हिमालयन इन्भेस्टमेन्ट बैंकरले जानकारी गराएको हो।

आइपीओ बाँडफाँट भएको मितिले सामूहिक लगानी कोषलाई वितरण गरिएको शेयर ६ महिना लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

गार्डियन माइक्रो लाइफ जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो। जसमा प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *