काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१।८२ मा ६ अर्ब रूपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ।
कम्पनीले विभिन्न बीमालेख बिक्रीबाट उक्त बीमाशुल्क रकम संकलन गरेको हो।
अघिल्लो आर्थिक वर्ष २०८०।८१ को तुलनामा कम्पनीको प्रथम बीमाशुल्क आम्दानी १८ प्रतिशतले बढेको हो । कम्पनीले गत आर्थिक बर्षमा ५ अर्ब ५ करोड रूपैयाँ प्रथम बीमाशुल्क आम्दानी गरेको थियो ।
आव २०७९। ८० को तुलनामा आव २०८०।८१ मा प्रथम बीमाशुल्क आम्दानी ३०.३४ प्रतिशत र कुल बीमाशुल्क आम्दानी २१.९० प्रतिशतले बढेको हो।
Artha Sanjal






