राष्ट्र बैंकले घटायो बैंक दर, ६ प्रतिशत कायम

काठमाडौं।  राष्ट्र बैंकले मौद्रिक नीतिअनुसार बैंक दर तथा अन्य नीतिगत ब्याजदरहरूमा समेत परिवर्तन गरेको छ।

अब बैंकदर ६.० प्रतिशत कायम गरिएको छ भने, स्थायी तरलता सुविधाको दर ६.० प्रतिशत, निक्षेप संकलन दर २.७५ प्रतिशत र रिपो दर ४.५ प्रतिशत कायम गरिएको छ।

गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा सेयर बजारलाई प्रोत्साहन गर्ने नीति लिइएको छ। यसले पुँजी बजार विस्तारसँगै वित्तीय पहुँचमा पनि सहजता ल्याउने अपेक्षा गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *