संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री न्यौपानेले गरिन् सपथ ग्रहण

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री बनेकी न्यौपानेलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।

तत्कालीन मन्त्री राजकुमार गुप्ता घुस अडियो प्रकरणमा मुछिएपछि पदमुक्त भएसँगै न्यौपानेलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *