काठमाडौँ महानगरपालिकाको बजेट पारित

काठमाडौं । काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ ।

काठमाडौं महानगरको १७ औँ नगरसभाको दोस्रो बैठकले आगामी आवको बजेट २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ‍को बजेट पास गरेको हो ।

यसअघि गत २९ असारमा बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट सार्वजनिक गरेकी थिइन् ।

२५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको थियो ।

संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको थियो ।

बजेट ल्याउन ढिला भएको भन्दै उपप्रमुख डंगोलले माफी समेत मागेकी थिइन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *