काठमाडौं । कुलिङ पिरियडबारे भएको भनिएको हेरफेर छानबिन गर्न गठित संसदीय विशेष समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग सोधपुछ गरेको छ ।
बिहीबार खतिवडालाई विशेष समितिले सिंहदरबारस्थित समितिको सभाकक्षमा बोलाएर सोधपुछ गरेको हो ।
सङ्घीय निजामती विधेयकको कुलिङ अफ पिरियडमा हेरफेर गरिएको भन्दै छानबिन गरिनुपर्ने माग गरिएपछि कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
बैठकमा सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिका सदस्यहरू ,इश्वरी घर्ती, माधव सापकोटा , गणेश पराजुली, सुशीला थिङ, रोशन कार्की, सहसचिव मनोज कुमार गिरी लगायत सहभागी छन् ।






