सीपयुक्त कामदार जापानमा पठाउने समझदारी थप ५ वर्षका लागि नवीकरण

काठमाडौं । नेपाल र जापानबीच २० मार्च २०१९ मा हस्ताक्षर भएको निश्चित सिपयुक्त कामदार पठाउने समझदारी थप ५ वर्षका लागि नवीकरण हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नवीकरण गर्ने निर्णय गरेको हो ।

१९ मार्च २०२४ बाट लागु हुने गरी समझदारी पत्रको अवधि ५ वर्षका लागि नवीकरण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको हो ।

 

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *