हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपिओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले आईपिओ बाँडफाँट गरेको हो ।
आईपिओको लागि २० लाख ४४ हजार ४५६ जनाले २.४० करोड कित्ता शेयर माग गर्दै आवेदन दिएका थिए। विभिन्न प्राविधिक र प्रमाणिकरण कारणले १ लाख ४४ हजार १६७ जना आवेदकको आवेदन रद्द गरिएको थियो। बाँकी १८ लाख ९५ हजार ३७६ जनाको आवेदनलाई मान्य ठहर गरी गोलाप्रथामार्फत बाँडफाँड गरिएको हो।
जसमा ७७ हजार ३९७ जना आवेदकलाई मात्र शेयर प्राप्त भएको छ। बाँकी १८ लाखभन्दा बढी आवेदक खाली हात परेका छन्। शेयर प्राप्त गरेकाहरु मध्यबाटै थप ५ जनालाई १।१ कित्ता गरि ११ कित्ता शेयर पारिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये प्रथम चरणमा आयोजना प्रभावितका लागि १ लाख ८६ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार २५० कित्ता शेयर शेयर निष्कासन गरि बाँडफाँट गरेको छ । कम्पनीले कर्मचारीका लागि १८ हजार ६५० कित्ता शेयर र सामुहिक लगानी कोषका लागि र ४६ हजार ६२५ कित्ता शेयर सुरक्षित गरेर बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरेको थियो ।







