हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । हिमालयन बैंकले आम सर्वसाधारणका लागि आज बुधबारदेखि थप सार्वजनिक सेयर (एफपीओ) निष्कासन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा सेयर हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो ।

बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्दैछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्तले सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर जारी गर्नैपर्ने व्यवस्था छ । न्यूनतम १० तथा अधिकतम पूरै सेयरका लागि आवेदन दिन सकिने छ ।

हाल सर्वसाधारण समूहमा बैंकको सेयर हिस्सा जम्मा २७ प्रतिशत छ । अंकित मूल्य १ सयमा ५७ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता १५७ रुपैयाँका दरले बैंकले एफपीओ जारी गर्नेछ ।

बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल रहेको छ । एफपीओमा साउन ४ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरो सेयर वा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *