दोर्दी खोला जलविद्युतको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडको ९३ हजार ६२९ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ

कम्पनीले असार २४ गतेबाट सर्वसाधारण समूहको लकइनमा नरहेको यो सेयर लिलामी बिक्रीमा ल्याएको हो । यसमा इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *