नवराज सुवेदीलाई ‘संयोजक’ स्वीकार गर्न सकिन्न: संयुक्त जनआन्दोलन समिति

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले नवराज सुवेदीलाई संयोजक स्वीकार नगर्ने बताएको छ । सुवेदीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिको अध्यक्ष पदमा दाबी गर्दै निर्वाचन आयोग पुगेपछि समितिले उनलाई संयोजक नमान्ने भएको हो ।

संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता अधिवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै सुवेदीलाई संयोजक स्वीकार गर्न नसकिने संकेत गरेका छन् ।

‘समितिका संयोजक लाई सबैका साझा व्यक्तित्वका रुपमा उहाँले पार्टीको आबद्धता परित्याग गर्नुभएको घोषणा पश्चात ४४ वटा पार्टी, अभियान, र संघसंस्थाहरुले स्वीकार गर्नु भएको थियो तर पुनः पार्टीकै जिम्मेवारीमा रहन चाहनु भएपछि आन्दोलनले पुनः स्वतन्त्र संयोजनकारी भूमिका निर्वाह गर्ने सामूहिक प्रयास खोजेको छ। उहाँले आफू आफ्नो पूर्ववत् पार्टीको जिम्मेवारीमै रहन चाहनु भएको अभिव्यक्ति दिनु पूर्वसम्मको भूमिकाका लागि उहाँमा हार्दिक आभार तथा धन्यबाद ज्ञापन गर्न कसैले कञ्जुस्याइँ गर्नु हुँदैन,’– उनले भनेका छन् ।

सुवेदीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अनुशासन समितिको अध्यक्षबाट हटाएका थिए । पार्टी अनुशासन आयोगको अध्यक्षबाट हटाइएको भन्दै उनले निर्वाचन आयोगमा उजुरी दिएका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *