विकास बैंकको नाफा १३.८१% ले बढ्यो, मुक्तिनाथ शिर्ष स्थानमा, पछ्याउँदै गरिमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा विकास बैंकहरूले ५ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १३.८१ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा विकास बैंकहरूले जम्मा ४ अर्ब ६५ करोड ७३ लाख रुपैयाँ नाफा कमाएका थिए।

समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक लिमिटेड रहेको छ। यस बैंकले ११ महिनामा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। त्यस्तै गरिमा विकास बैंक सर्वाधिका नाफा कमाउने दोस्रो बैंक बनेको छ यस बैंकले  १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएका  छन्।

त्यसैगरी, यस अवधिमा शाइन रेसुङ्खा डेभलपमेन्ट बैंकले, ७३ करोड ८८ लाख,,कामना सेवा विकास बैंकले ६६ करोड ९३ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ५६ करोड २९ लाख, महालक्ष्मी विकास बैंकले ५३ करोड ४४ लाख खुद नाफा आर्जन गरेका छन्।

चालु आर्थिक बर्षको ११ महिनामा ज्योति विकास बैंकले ४३ करोड ६४ लाख, लुम्बिनी विकास बैंकले २१ करोड ७३ लाख, मितेरी डेभलपमेन्ट बैंकले ११ करोड ३५ लाख, सिन्धु विकास बैंकले  ८ करोड ६ लाख, ग्रीन डेभलपमेन्ट बैंकले २ करोड ७५ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ९५ लाख रुपैयाँ कमाएका छन्।

जेठ मसान्तसम्ममा सबैभन्दा धेरै घाटा व्यहोर्नेमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ।  यस बैंकले ७ करोड १३ लाख रुपैयाँ घाटा व्यहोरेको छ।त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकले ७ करोड ५ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकले  २ करोड ६४ लाख घाटा व्यहोरेका छन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *