प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै, के-के छन् कार्यसूची ?

 काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक सवा एक बजे बोलाइएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकोछ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आजको बैठकमा लेखासमितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने र सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *