बैंकिङ क्षेत्र सुधार कार्यदलले बुझायो अन्तिम प्रतिवेदन, होला त कार्यान्वयन ?

काठमाडौं । समग्र बैंकिङ क्षेत्रको सुधार र सुदृढीकरणका लागि गठित कार्यदलले प्रतिवेदन नेपाल राष्ट्र बैंकलाई बुझाएको छ। नेपाल राष्ट्र बैंकले गठन गरेको कार्यदलले गभर्नर प्रा.डा.विश्वनाथ पौडेलसमक्ष अन्तिम प्रतिवेदन प्रस्तुत गरेको हो। यसअघि कार्यदलले प्रारम्भिक प्रतिवेदन असार २४ गते बुझाएको थियो।

उक्त कार्यदलको संयोजकत्व डा. रेवतबहादुर कार्कीले गरेका थिए। सदस्यमा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष श्री भुवनकुमार दहाल र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्री गुरुप्रसाद पौडेल रहेका थिए। पौडेल नै कार्यदलका सदस्य सचिवसमेत हुन्।

कार्यदलले बैंकिङ प्रणालीमा देखिएका संरचनागत, व्यवस्थापकीय, नियामकीय र नीतिगत कमजोरीको पहिचान गरी सुधारका लागि रणनीतिक सुझावहरू प्रतिवेदनमा समेटेको छ। राष्ट्र बैंकले प्रतिवेदनको अध्ययनपछि उपयुक्त सुधार उपायहरू कार्यान्वयनमा लैजाने जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *