काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९ मा रहेको मंगलटार स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थास्थ्य चौकीलाई उक्त उपकरण प्रदान गरेको हो।उपकरणबाट नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप)को जोखिमबाट बचाउन सकिने बताईएको छ।
ग्रामीण क्षेत्रहरूमा जन्मने शिशुको जीवन रक्षाका निम्ति उक्त सहयोग गरिएको बैंकले जानकारी दिएको छ। यो सहयोगले सुरक्षित प्रसूति सेवाको पहुँच दुर्गम क्षेत्रमा पनि सुनिश्चित गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको छ।
सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य चौकीका पदाधिकारी सहित सम्बन्धित क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। साथै बैंकले स्वास्थ्य चौकीका चिकित्सकलाई विज्ञमार्फत् उक्त बेबी वार्मर सञ्चाल सम्बन्धी तालीम समेत प्रदान गरिएको जनाएको छ।
बैंकले पटकपटक गरेको यस प्रकारको सहयोगबाट हालसम्म करीब ११ हजार ४७० जना शिशुहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको जनाएको छ।







