हिम स्टार उर्जाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिम स्टार उर्जा कम्पनीको आइपीओमा आवेदन दिने आज असार २७ गते शुक्रबार अन्तिम दिन रहेको छ ।  इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् ।
यस कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका प्रतिकित्ता १०० रुपैयाँका दरमा ७ करोड ७३ लाख ९७ हजार ५०० रुपैयाँ बराबरको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर निष्कासन गरेको हो ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ । हिम स्टार उर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि आइपीओ बिक्री खुला गरिसकेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *