नयाँ स्टक एक्सचेन्ज खोल्न दिनु जनता ठग्ने तरिका हो: शाही

काठमाडौँ। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले निजी क्षेत्रलाई तत्काल नयाँ स्टक एक्सचेन्ज खोल्न दिनु जनतालाई ठग्ने अर्को तरिका हुने बताएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै शाहीले अहिले नयाँ स्टक एक्सचेन्जको आवश्यकता नरहेको बताए। पहिले नियामक संस्था धितोपत्र बोर्ड (सेबोन) को कार्यक्षमता र पारदर्शिता सुधार्नुपर्नेमा जोड दिए।

उनले जबसम्म विद्यमान नियामक निकाय र बजार संरचनालाई बलियो बनाइँदैन, तबसम्म नयाँ स्टक एक्सचेन्ज ल्याउनुको कुनै औचित्य नहुने बताए।

शाहीले पुँजी बजारमा विद्यमान अपारदर्शिता, चलखेल र कमजोर नियमन समाधान नगरी दोस्रो स्टक एक्सचेन्ज खोल्नुको कुनै औचित्य नभएको स्पष्ट पारे।

उनले विगतमा पनि पुँजी बजारमा भएका विभिन्न अनियमितताका घटनाहरूलाई स्मरण गराउँदै नियामक निकायको क्षमता अभिवृद्धि नै पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *