काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न संकाय र तहमा उत्तीर्ण भएका ८९ हजार १ सय ९१ विद्यार्थीहरुसहितको ६३औं ग्रेसलिष्ट पारित गरेको छ ।
बिहीबार प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा बसेको त्रिविको वार्षिक साधारणसभा बैठकले रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेसलिष्ट पारित गरेको हो ।
बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ । शिक्षा, सहकुलपति एवं विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले विश्वविद्यालयले सोही अनुरुप काम गर्नुपर्नेमा जोड दिए ।
Artha Sanjal







