इरान समर्थित हुथी विद्रोहीले चालक दलका सदस्य अपहरण गरी जहाज डुबाए

 एजेन्सी। यमनका हुथी विद्रोहीहरूले एउटा कार्गो जहाजमाथि आक्रमण गरेर लाल सागरमा डुबाएको युरोपेली नौसेना मिसनले जनाएको छ। जहाजका ६ जना चालक दलका सदस्यहरूलाई उद्धार गरिएको छ भने कम्तीमा तीन जनाको मृत्यु भएको छ।

युके मेरिटाइम ट्रेड अपरेशन्स (युकेएमएमटीओ) एजेन्सीका अनुसार ‘इटर्निटी सी’ नामक लाइबेरियाली झण्डा भएको जहाजमा २५ जना चालक दलका सदस्यहरू थिए। सोमबार एउटा सानो डुङ्गाबाट प्रहार गरिएको रकेट-प्रोपेल्ड ग्रेनेड आक्रमणमा जहाज गम्भीर रूपमा क्षतिग्रस्त र शक्तिहीन भएको थियो।

इरान समर्थित हुथी विद्रोहीहरूले ‘इटरनिटी सी’ इजरायलतर्फ जाँदै गर्दा आक्रमण गरेको बताएका छन्। उनीहरूले धेरै चालक दलका सदस्यहरूलाई पनि बन्धक बनाएका छन्।

यमनस्थित अमेरिकी दूतावासले हुथी विद्रोहीहरूले ‘धेरै चालक दलका सदस्यहरूलाई अपहरण गरेको’ बताएको छ र उनीहरूको तत्काल रिहाको माग गरेको छ।यो एक हप्तामा हुथी विद्रोहीहरूले डुबाएको दोस्रो जहाज हो। यसअघि कार्गो जहाज ‘म्याजिक शिप’ मा मिसाइल र ड्रोनले आक्रमण गरेर डुबाइएको थियो।

बुधबार लाल सागरमा तैनाथ युरोपेली संघको नौसेना मिसन ‘अपरेशन एस्पाइड्स’ ले पहिले बेपत्ता रहेका छ जना चालक दलका सदस्यहरूलाई उद्धार गरिएको बताएको छ।

एएसपिड्सका एक अधिकारीले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार तीमध्ये पाँच जना फिलिपिन्सका नागरिक र एक जना भारतीय थिए भने १९ जना अझै बेपत्ता छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *