सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले पाए सफाइ

काठमाडौँ । सर्वोच्च अदालतले गणेश लामालाई सम्पत्ति शुद्धीकरणको आरोपमा सफाइ दिएको छ । विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले लामालाई आरोपबाट सफाइ दिएको हो ।

लामा २४ साउन, २०७५ मा विशेष अदालतबाट दोषी ठहर भएका थिए । उनलाई त्यतिबेला एक करोड ४० लाख बिगो र एक वर्ष कैद सजाय तोकेको थियो । सर्वोच्च अदालतले दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

लामामाथि जेठ, २०७० मा २७ करोड रुपैयाँ गैरकानुनी आर्जन गरेको भनी सम्पत्ति शुद्धीकरणको मुद्दा चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *