काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यसअघि, बिहीबार छापावाल सुन तोलाको १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यता, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेर २१ सय ५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला २२ सय रुपैयाँ कायम रहेको थियो ।







