ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ३ लाख २९ हजार ६५० जनाले सेयर हात पारेका छन् । जसमध्ये ३ लाख २९ हजार ६४५ जनाले १० कित्ता र ५ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन् ।

बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार यस आईपीओमा २० लाख ७४ हजार २८५ जनाले आवेदन दिएका थिए । जसमध्ये १४ हजार ८९७ जनाको आवेदन रद्द भएको थियो भने रितपूर्वक आवेदन दिएका २० लाख ५९ हजार ३८८ जनालाई गोलाप्रथामा समावेश गराइएको थियो ।

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । इक्रा नेपालले यस कम्पनीलाई समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने इक्रा एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *