गुँरास लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले पाँच लाख त्रियानब्बे हजार तिन सय बीसको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ । लुम्बिनी अञ्चल नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाँउपालीका वडा नं. ०३ मा बसोबास गर्ने स्व. सुमन राना मगर को मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम हस्तारण गरिएको हो ।
कम्पनीले बिमितको इच्छाइएको व्यक्ति श्रीमान ईन्द्र बहादुर राना मगरलाई हस्तान्तरण गरेको जानकारी दिएको छ । दावी भुक्तानी कार्यक्रममा बीमा समिति नारायणगढ शाखाका शाखा प्रमुख ओमकार सिग्देल कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजर सहितको टिमको उपस्थिति रहेको थियो । कम्पनिले बुधबार नारायणगढ शाखामा एक कार्यक्रमबिच चेक हस्तान्तरण गरेको हो । स्व. सुमन राना मगरको केही समय अगाडी क्यान्सर रोगको कारण निधन भएको थियो ।
शाखा प्रमुख सिग्देलले जीवन बीमा सम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रा मा वृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षती विरुद्धको लागी महत्वपुर्ण भएकोले सबैलाई आवश्यक भएको पनि बताउनुभयो ।