एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेलामा सहकार्य हुने

काठमाडौं । एमएडब्लू इन्टरप्राइजेज प्रा. लि. र काठमाडौं महानगरपालिकाबीच सीप विकास र रोजगार प्रवर्द्धनका लागि सहकार्य गर्ने औपचारिक सम्झौता भएको छ ।

सम्झौताअनुसार दुवै पक्ष मिलेर काठमाडौंको टुँडिखेलमा सीप मेला आयोजना गर्दैछन् । जसको मुख्य उद्देश्य व्यवहारिक सीप प्रशिक्षणमार्फत युवालाई रोजगारीतर्फ उन्मुख गराउनु हो ।

हाल जेठ ७ गतेदेखि सुरु भइसकेको मेला अन्तर्गत १० प्रमुख क्षेत्रका ३७ प्रकारका सीपमूलक तालिमहरू दिइँदैछन् । मेलाले श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्दै उद्योगलाई आवश्यक जनशक्ति जुटाउन सहयोग पुर्याउने विश्वास लिइएको छ ।

सम्झौतामा एमएडब्लू अर्थमुभर्सका सीईओ तेजप्रसाद सुवेदी र एमएडब्लू स्किल्स एकेडेमीका सीईओ महेश बिष्टले हस्ताक्षर गरे। काठमाडौं महानगरको तर्फबाट रामजी पौडेलले सम्झौतामा दस्तखत गरे।

मेला प्रशिक्षण प्रदायक, रोजगारदाता र काम खोज्ने युवालाई एउटै थलोमा ल्याएर सीप विकास र रोजगारीबीचको दूरी घटाउने माध्यम बन्ने अपेक्षा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *