नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५ सयमा कारोबार भएको आज तोलामा ५ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख दुई हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५ सय रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको आज बढेर प्रतितोला १४ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
Artha Sanjal






