२९ सयले बढ्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । आज सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २९ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि, सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८९ हजार ८०० रुपैयाँ रहेको थियो । आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेर २ हजार ४५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलाको १९ सय ९० रुपैयाँ रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *