काठमाडौं । रिभर फल्स पावर लिमिटेडको ४३ लाख २४ हजारभन्दा बढी कित्ता शेयरको लकइन अवधि आज जेठ ८ गतेबाट सकिँदै छ।
कम्पनीको संस्थापकको ३५ लाख ७० हजार कित्ता, कर्मचारीको ५४ हजार ६०० कित्ता र आयोजना प्रभावित स्थानीयको ७ लाख कित्ता गरी जम्मा ४३ लाख २४ हजार ६०० कित्ता शेयर तीन वर्षदेखि लकइनमा रहेको छ।
लकइन अवधि सकिएपनि संचालक सदस्य तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीले भने पदबाट हटेको १ वर्ष पूरा नभएसम्म कारोबार गर्न नपाइने कम्पनीले जनाएको छ।







