नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दोहोरो अंकले बढेको छ । आज नेप्से ३०.२४ अंकले घटेर दुई हजार४ सय १५.२४ विन्दुमा पुगेको हो । यो वषको अन्तिम कारोबार आज बुधबार दोहोरो अंकको वृद्धिसँगै शेयरबजार बन्द भएको छ ।
आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा एक अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका १६४ कम्पनीको शेयरमूल्य बढेको छ भने २५ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २२६२।७० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार युनाइटेड इदि मर्दी हाइड्रोपावर, नयाँ सारथी लघुवित्त वित्तीय संस्थ, सिद्धार्थ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट्स कम्पनीको भएको छ । यस कम्पनीको आज ८ करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ ।







