धितोपत्र बोर्डले दियो लाइभ फ्लोरसिट बन्द गराउन नेप्सेलाई निर्देशन

नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई नेपाल धितोपत्र बोर्डले सेयर कोरोबार अवधिभर फ्लोरसिट हेर्न नपाउने व्यवस्था गर्न निर्देशन दिएको छ ।

कारोबार समयमा नै फ्लोर सिटमार्फत कारोबारमा संलग्न ब्रोकर तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेको छ । उक्त विवरण हटाउन सरोकारवाला पक्षबाट सुझाव तथा गुनासो आएपछि कारोबार सकिएपछि मात्र फ्लोरसिट हेर्न पाउने व्यवस्था गर्न नेप्सेलाई पत्राचार गरिएको बोर्डले जनाएको छ ।

बोर्डले कोभिड १९ को न्यूनीकरणका लागि तोकिएको सुरक्षा व्यवस्थाहरुको पालना गरी ‘स्क्रिन एग्जिविसन रुम’ (सेयर कारोबार हेर्ने डिस्प्ले) सुचारु गर्न पनि ब्रोकरहरुलाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *