सेञ्चुरी बैंकको प्रमुखकार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुखकार्यकारी अधिकृत पदमाश्री मनोज न्यौपाने नियुक्त भएका छन् । मिति२०७८ चैत्र ३० गते बसेको संचालक समितिको बैठकले उनलाई बैंकको प्रमुखकार्यकारी् अधिकृत पदमाआगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । उनी यस अघि सेञ्चुरी बैंकमा कायममुकायम प्रमुखकार्यकारी अधिकृतको रुपमाकार्यरत रहेका थिए ।

काठमाण्डौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गर्नु भएकाउनले बैंकिंङ्ग क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् ।

उनी बैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैंकिंङ्गतथा लेखा क्षेत्रमासैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गरेका एक अनुभवी र कुशल व्यवस्थापकको रुपमा चिनिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *