काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक समूहको ८६ हजार ४७४ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले १५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालय दिनुपर्नेछ।







