नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्णराज अवस्थी नियुक्त भएका छन । महासंघको चैत २७ गते सम्पन्न कार्यकारिणी समितिको नवौं बैठकले महासंघका उपमहानिर्देशक अवस्थीलाई महासंघको रिक्त रहेको महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
महासंघका नवनियुक्त महानिर्देशक अवस्थीले त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा विषयमा स्नातकोत्तर र इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनबाट विकास पत्रकारितामा समेत डिप्लोमा गरेका छन् ।
करिब दुई दशकभन्दा बढी आर्थिक पत्रकारिता गरेका महानिर्देशक अवस्थीले संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्यको सल्लाहकारका रूपमा काम गरिसकेका छन् । देशको अर्थतन्त्र, निजी क्षेत्र, दीगो विकासलगायत मामिलामा अनुभव बटुलेका उनी कान्तिपुर राष्ट्रिय दैनिकमा आर्थिक सम्पादक र नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष समेत थिए।







