अमेरिकामा न्युयोर्कको ब्रुकलिनको एक सबवे स्टेशनमा भएको गोलाबारीमा कम्तिमा पनि १३ जना घाइते भएका छन् ।
स्थानीय मिडिया रिपोर्टका अनुसार, सनसेट पार्ककाे ३६ स्ट्रीट स्टेशनमा स्थानीय समय अनुसार मंगलबार विहान साढे ८ बजे गोली चलेको थियो ।
घटनास्थलको तस्बिरमा स्टेशनको फर्शमा यात्री रगताम्मे अवस्थामा थिए । घटनास्थलमा विस्फोटक उपकरण पनि पाइएको बीबीसीले जनाएको छ ।
संदिग्ध आक्रमणकारीको खोजी भइरहेको जनाइएको छ । एजेन्सी







