राष्ट्रिय वाणिज्य बैंक र रेडियो नेपाल बीच सम्झौता

काठमाडाैं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालबीच रेडियो नेपालका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालका का.मु. प्रमुख प्रशासकिय अधिकृत बिष्णुराम न्यौपानेले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता भएपश्चात रेडियो नेपालमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई कम्पनीकोे सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ५.१४ प्रतिशत रहेको छ । सम्झौता अनुसार रेडियो नेपालका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

उक्त अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेश प्रसाल लोहनी, उपकार्यकारी अधिकृतहरु विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, रामकुमार थापा, विभागीय प्रमुखहरु भोलानाथ पौडेल, दिनेश गौतम, उपप्रमुख दिनेश न्यौपाने, शाखा कार्यालय सिंहदरबार परिसरका शाखा प्रबन्धक अनिश रायमाझी, रेडियो नेपालका नायब निर्देशक पुष्पकरराज गौतम, उपनिर्देशक बद्रिविलास तण्डुकार लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *