७५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार

नेपाल वाणिज्य बैंकहरुले देशका ७५० स्थानीय तहमा शाखा विस्तार गरेका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकअनुसार फागुन मसान्तसम्म देशका ७५३ वटा स्थानीय तहमध्ये ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुले शाखा विस्तार गरेका हुन्।  ३ वटामात्रै स्थानीय तहमा वाणिज्य बैंक शाखा विस्तार गर्न बाँकी रहेको तथ्यांकले देखाएको छ।

फागुन मसान्तसम्म नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या १२८ रहेको छ । जसमा २७ वाणिज्य बैंक र १७ विकास बैंक विकास बैंक छन्।  १७ वित्त कम्पनी, ६६ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या गत असार मसान्तमा १० हजार ६८३ रहेकोमा फागुन मसान्तमा बढेर ११ हजार ३४९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *