ओम मेगाश्री फर्मास्युटिकल्सको कतिमा भयो पहिलो कारोबार ?

काठमाडाैं । स्पेशल प्रि ओपन सेसनमा ओम मेगाश्री फर्मास्युटिकल्सको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता २७० रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर गत बुधबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीको सर्वसाधारण समूहको १८ लाख र संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९० रुपैयाँ १७ पैसादेखि २७० रुपैयाँ ५१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। कम्पनीको शेयर ओएमपीएल टिकरमा कारोबार भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *