नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज दोहोरो अंकले घटेको छ । आज नेप्से ३४.७८ अंकले घटेर दुई हजार ३ सय ८५ दशमलब ०२ विन्दुमा रोकिएको हो । सोमबार नेप्से नेप्से ४४.६४ अंकले घटेर दुई हजार ४ सय १९ दशमलब ७१ विन्दुमा बन्द भएको थियो ।
नेप्सेमा एक अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार २ अर्ब २६ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १३ कम्पनीको शेयरमूल्य बढेको छ भने १७७ कम्पनीकोे शेयरमूल्य घटेको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २०५७ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज इमर्जिङ नेपाल र न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी कम्पनीको भएको छ । यो कम्पनीको आज ५ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ ।







