सुनको मूल्य एक लाख नौ सय रुपैयाँ

सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, सोमबार सुन तोलाको एक लाख एक सय रुपैयाँमा  कारोबार भएको थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय निर्धारण भएको छ ।  चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । सोमबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँ  निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *