बलेफी हाइड्रोपावरको सेयर बाँडफाँट

बलेफी हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्कासनमा ल्याएको सेयर बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा मंगलबार बिहान सेयर बाँडफाँट गरिएको हो ।

आईपीओमा कुल २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७४० कित्ताको लागि आवेदन दिएका थिए। त्यसमध्ये ३ हजार ६४० जनाको आवेदन रद्द भएका छन् । कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकाले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाअनुसार बाँडफाँट भएको छ। त्यस अनुसार योग्य आवेदकहरुमध्ये गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा १ लाख ६६ हजार ३४५ जनाले सेयर पाएका छन्।

तीन जनाले भने ११ कित्तासम्म सेयर पाएका विक्री प्रबन्धकले जनाएको छ। कम्पनीले चैत १६ देखि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्कासन गरेकोे थियो।  ७३ हजार ११९ कित्ता सेयर कर्मचारीका लागि र १ लाख ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने १६ लाख ६३ हजार ४५३ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरेको हो।

उपकार लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने समय एक दिन थप भएको छ । चैत २७ गते राम नवमी पर्वको सार्वजनिक विदा दिएकोले आइपीओमा आवेदन दिने समय एक दिन थप भएको हो ।  लघुवित्तको आइपीओमा भोली चैत ३० गते बुधबारसम्म आवेदन दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *