काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र मार्केटिङ प्रमुख अशोक कुँवरले नेपालका विभिन्न क्षेत्रहरूमा भ्रमण गरी नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान गर्दै कम्पनीका सदस्यहरूलाई प्रेरित गर्ने, फिल्ड फोर्सलाई प्रोत्साहन र निम्न आय वर्ग तथा ग्रासरुट तहमा बीमा जागरुकता फैलाउने लक्ष्यका साथ कार्यक्रमहरु अघि बढाएका छन् ।
हालै उनीहरूले लमजुङ, गोरखा, दमौली, कुश्मा, पोखरा, भैरहवा, दाङ, नेपालगञ्ज र धनगढी जस्ता क्षेत्रहरूमा पुगी स्थानीय एजेन्ट, वित्तीय सल्लाहकार र ग्राहकहरूसँग छलफल गरी बीमाको महत्व र यसको आवश्यकतालाई जनचेतना अभियानसँग जोड्ने प्रयास गरेका छन् ।
कार्यक्रमका क्रममा राम कुमार यादवले भने, ‘हाम्रो उद्देश्य बिपन्न ग्रामीण तहसम्म पुगी जनतालाई बीमाको सुरक्षा प्रदान गर्नु हो।’ यसका लागि हाम्रा फिल्ड फोर्सहरू नै हाम्रो मूल शक्ति हुन् । कम्पनीले लक्षित गरेको सामाजिक सुरक्षा अभियानमा सबैको सहभागिता अनि साथको लागी आव्हान समेत गरे ।
मार्केटिङ प्रमुख अशोक कुँवरले भने, ‘बीमा भविष्यको सुरक्षा हो। यसलाई मात्र व्यापार नभएर एउटा सामाजिक दायित्वको रूपमा हेर्नुपर्छ।’ उनले ग्रामीण क्षेत्रका बीमा एजेन्टहरूलाई प्रशिक्षण र सहयोग पुर्याउने कम्पनीको प्रतिबद्धता रहेको बताए । यस अवसरमा स्थानीय स्तरका एजेन्ट, वित्तीय संस्थाका प्रतिनिधिहरू र ग्राहकहरूले पनि बीमा सेवा विस्तारका लागि लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले गरिरहेको प्रयासलाई सराहना गरेका छन् ।
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले यस्ता जागरूकता कार्यक्रमहरू निरन्तरता दिने र दुर्गम ग्रामीण क्षेत्रसम्म पुगी बीमा संस्कृति अनि सेवा विस्तार गर्ने प्रतिवद्धता जनाएको छ । लिबर्टी माइक्रो लाइफले सामाजिक संजाल मार्फत पनि बिभिन्न जनचेतनामुलक कार्यक्रम, सामाग्रीहरु पनि प्रसारण गरि बीमा सचेतना अनि महत्वको बारेमा बुझाउदै अघि बढिरहेका छन् ।