काठमाडौं । नेको इन्सुरेन्सले बिक्री खुला गरेको २५ प्रतिशत हकप्रद सेयर बाँडफाँट भएको छ । जसमा यस कम्पनीले ५० लाख ३० हजार ९०२.५५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ४८ लाख ५ हजार ६४०.२० कित्ताका लागि आवेदन परेको छ ।
यसआधारमा २ लाख २५ हजार २६१.३५ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर अब कम्पनीले लिलामीमा ल्याउनेछ । यस कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
Artha Sanjal






