दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन) दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। सेबोनले विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट र दोर्दी खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। विन्ध्यावासिनीले गत चैत २५ गते र दोर्दी खोलाले चैत २८ गते आईपीओ निष्कासनको अनुमति पाएको हो।

सेबोनको अनुमतिसँगै अब विन्ध्यावासिनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि २५ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ। कम्पनीले १०० अंकित दरका कुल २५ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। यो आईपीओ कम्पनीको चुक्तापुँजीको २५ प्रतिशतबराबर हुन आउँछ।

दोर्दी खोलाले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि २९ करोड ५१ लाख ९२ हजार ९०० रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ। कम्पनीले १०० अंकित दरका कुल २९ लाख ५१ हजार १९२ कित्ता आईपीओ निष्कासन गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *